एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा पाकिस्तानसँगकाे खेलमा भारतका विराट काेहली र केएल राहुलले शतक बनाएका छन् । काेहलीले ८४ बलमा शतक बनाए भने राहुलले सय बलमा शतक बनाए । श्रीलङ्काकाे काेलम्बाेमा ब्याटिङ गरिरहेकाे भारतले ४८ ओभरकाे खेल सकिँदा २ विकेट गुमाएर ३ सय ३० रन बनाएकाे छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा काेहलीकाे याे ४७ औँ शतक हाे भने छैटाैँ शतक हाे ।











