मनहरी । मनहरी गाउँपालिकाले जनश्रमदान वापतको रकम घटाएको छ । भदाै १ गते बसेको कार्यपालिका वैठकले जनश्रमदान वापतकाे रकम घटाएको हो ।
यस अघि उपभोक्ता समिति मार्फत् सञ्चालीत योजनामा २० प्रतिशत श्रमदान गर्नु पर्ने व्यवस्था गरीएको थियो । तर, विभिन्न समिती र जनप्रतिनिधिहरुकै गुनासो आएपछि कार्यपालिका वैठकले ५ प्रतिशत घटाएर १५ प्रतिशतमा कायम गरेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो ।
कार्यपालिकाको निर्णय अनुसार मनहरी गाउँपालिकाको उपभोक्ता समिति व्यवस्थापनबाट सञ्चालन हुने योजना सम्बन्धी कार्यविधि, २०८० को दफा ७ को उपदफा ३ वमोजिम जनलागत सहभागितामा सम्बन्धित उपभोक्ता समिति लाभग्राहि समुह टोल विकास संस्थाले ४० प्रतिशत व्यहोर्ने र बाँकी जुनसुकै योजनाको हकमा १५ प्रतिशत जनश्रमदान व्यहोर्ने गरी कार्यविधिमा थप गर्ने निर्णय गरिएकाे उल्लेख छ ।











