हेटौंडा- बागमती प्रदेश सरकारले सञ्चालन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठायनलाई आधुनिक र सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार विकास तथा उपकरणको व्यवस्था गर्न बजेट बिनियोजन गरेको छ । प्रतिष्ठानमा थप विधाका शैक्षिक कार्यक्रम सञ्चाकलनमा ल्याउन आवश्यक बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले वताउनुभयो । उक्त प्रतिष्ठागन मातहत रहेको हेटौडा अस्पतालको भवन निर्माण लगायत स्वास्थ्य सम्बन्धी पूर्वाधार विकास गर्न प्रदेश सार्वजनिक निर्माण कार्यक्रमतर्फ बजेट विनियोजन गरिएको छ ।
प्रदेश सभाका सदस्य स्वर्गीय पशुपति चौलागाईको सम्मान स्वरुप दोलखा जिल्लामा रहेको चरिकोट अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल नामाकरण गरी सुबिधा सम्पन्नल अस्पतालको रुपमा विकास गर्न आवश्यक बजेटको ब्यबस्था गरिएको छ । मातृ तथा बाल स्वास्थ्य, किशोर–किशोरी, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै प्रदेश भित्र बसोबास गर्ने सबै नागरिकलाई सहज स्वास्थ्य र खोप सेवामा पहुँच पुर्यामउने कार्यलाई सहयोग पुग्ने गरी बजेटको व्यवस्था गरिएको छ । वैकल्पिक चिकित्सा पद्धतिको माध्यमबाट नागरिकलाई स्वस्थ बनाइराख्नो आयुर्वेद चिकित्सा, होमियोपेथिक, क्षारसुत्र, योग, पञ्चनकर्म लगायतका कार्यक्रम सञ्चा्लन गर्न आवश्यक बजेट विनियोजन गरिएको उहाँले वताउनुभयो ।
प्रदेश अन्तर्गतका आयुर्वेद केन्द्रको भौतिक पूर्वाधार विकास, उपकरण तथा जनशक्तिको उचित व्यवस्थापन गरी वैकल्पिक चिकित्सा सेवा समेत प्रदान गर्न हेटौडा, नुवाकोट, ललितपुर र रामेछाप जिल्लामा रहेका आयुर्वेद केन्द्रलाई आयुर्वेद अस्पतालमा तथा चितवन जिल्लामा रहेको आयुर्वेद केन्द्र, रत्नलनगरलाई वैकल्पिक चिकित्सा सेवा समेत प्रदान गर्ने गरी प्रादेशिक आयुर्वेद अस्पतालमा स्तरोन्न‍ति गर्न बजेटको व्यवस्था गरिएको छ । स्थानीय तहका ३ सय ५९ वटा सामुदायिक माध्यमिक विद्यालयहरूमा हाल कार्यान्वयनमा रहेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिएको छ। यसरी नियुक्त भएका स्वास्थ्यकर्मीलाई कोभिड १९ लगायत सरूवा रोगको रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन र अस्पताल एवम् स्वास्थ्य संस्थामा समेत आवश्यकता अनुसार परिचालन गर्ने व्यवस्था मिलाएको छ। साथै आगामी वर्ष यस कार्यक्रमलाई थप सामुदायिक माध्यमिक विद्यालयहरूमा समेत विस्तार गर्ने गरी २६ करोड बजेट विनियोजन गरिएको छ ।

ीभबखभ