मकवानपुर– मकवानपुरमा शनिबार सिँचाईकोलागि खनिएको नहरमा डुवेर एक बालिकाको मृत्यु भएको छ । मकवानपुरकाे मनहरी गाउँपालिका–९ खयरघारीका भीमसेन लोप्चनको १५ महिनाकी छोरी अनिसाको सिँचाइको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घर नजिकैको ज्यामिरे सिंचाईको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।