फाइल तस्विर

हेटौंडा– नेपालमा पछिल्लो २४ घन्टामा २८१ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा २८१ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले २८१ संक्रमित डिस्चार्ज भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या १८ हजार ६३१ पुगेको बताउनुभयो ।