सुन चाँदीको मुल्य आज केही घटेको छ । सुनको मुल्य आज तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य आज तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।