हेटौंडा- नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मिसन ग्रासरूट अभियान हेटौंडा उपमहानगरपालिकाका केन्द्रीय प्रतिनिधि पार्वत गुरुङले नयाँ बनेको सत्ता गठबन्धनले मुलुकमा बेथिति, अशान्ति, भ्रष्टाचार, वर्वादी र अस्थिरता निम्ताउने बताउनु भएको छ । । एमाले हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले यस्ता विकृतिको अन्त्य गर्न पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९०) अभियान पार्टी संगठन बलियो बनाउँदै पहिलो र बहुमतको पार्टी निर्माणको लागि भएको स्पष्ट पार्नुभयो । बैठकले जनसंगठनको वडा कमिटी, पार्टी टोल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणको लागि फागुन महिनासम्म सम्पन्न हुने गरि अभियान टोली बनाइ सञ्चालन गर्ने निर्णय गरेको वडा सचिव सिंहबहादुर विकले बताउनुभयो । पार्टी वडा अध्यक्ष पर्सबहादुर भुजेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सदस्यहरू कमल विष्ट, ईन्द्रबहादुर स्याङ्तान, जिल्ला कमिटी सचिव नवीन सिग्देल, सचिवालय सदस्यहरू सुनिल मुक्तान, मदन दाहाल, फूर्वा दोर्जे लामा, पार्टी उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, जिल्ला सल्लाहकार परिषद्का सचिव तुलसी रिजाल लगायतको उपस्थिति रहेको थियो ।











