मकवानपुर – मकवानपुरको बागमती गाउँपालिकाले भोली र पर्सी दुई दिन सार्वजनीक विदा दिएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै फागुन १५ गते सोमबार (भोली) र फागुन १६ गते मंगलबार (पर्सी) दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
फागुन १४ गते बसेको कार्यपालिका बैठकले भोली मगर समुदायको ४१ औँ स्थापना दिवस र पर्सी माझी समुदायको मौलिक पर्व लदी (कोशी पूजा) पर्वको अवसरमा विदा (स्थानीय बिदा) दिने निर्णय गरेको जनाईएको छ । प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानद्धारा जारी सूचनामा उक्त विदामा पालिकाको अत्यावश्यकीय सेवा बाहेक पालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्था बन्द रहने उल्लेख गरिएको छ ।