मकवानपुर – बागमती प्रदेश सभा बैठकले २ वटा प्रतिस्थापन विधेयक पारित गरेको छ । आइतबार साँझ बसेको बैठकले दुईवटा प्रतिस्थापन विधेयक पारित गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
साँझ ८ बजे बसेको प्रदेशसभाको बैठकले “प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७९ पारित गरेको सचिवालयले जनाएको छ । आइतबार बिहान विधेयक व्यवस्थापन समितिले उक्त विधेयकहरूको विषयमा दफावार छलफल गरेपछि उक्त छलफलको प्रतिवेदन सभामा पेस गरिएको थियो । विधेयक पारित भएसंगै बागमती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।