हेटौडा – जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानले बालबालिकाकाे भाषा सुधारकाे लागि विद्यालय स्तरकाे तल्लाे तहबाटै सुधार गर्नुपर्नेमा जाेड दिनु भएकाे छ । जिल्ला समन्वय समिति मकवानपुरले बिहीबार आयाेजना गरेकाे विद्यालय स्तरमा भाषा सुधार प्रशिक्षण तथा छलफल कार्यक्रमकाे उद्घाटन सत्रमा प्रमुख घलानले यस्ताे बताउनु भएकाे हाे ।
प्रमुख ङलानले अहिले राज्यका तीनै तहका सरकारले भाैतिक पूर्वाधार निर्माणका क्षेत्रहरूमा मात्रै बढि बजेट विनियाेजन गर्ने गरेकाे स्मरण गराउदै अब शिक्षा क्षेत्रकाे तल्लाे तहलाई विशेष प्राथमिकतामा राखी बजेट विनियाेजनकाे लागि सुझाउनु भयाे । हाम्रा बालबालिकाले सिक्ने र बाेल्ने नेपाली र अंग्रेजी भाषा शुद्ध संग उच्चारण गर्नका लागि विद्यालय स्तरकाे तल्लाे तह ईसीडी कक्षाबाटै सुधार गर्नु पर्ने महसुस गर्दै आजकाे कार्यक्रम आयाेना गरिएकाे समेत जानकारी दिनुभयाे ।
भाषा सिकाइलाई प्रभाकारी बनाउन विद्यालयकाे तल्लाे तहबाटै शुद्ध बाेल्न सही अभ्यास गराएमा मात्रै बालबालिकाले पछिसम्म शुद्ध बाेल्न सक्ने मकवानपुरका शिक्षा विकास समन्वय इकाइ प्रमुख दिनानाथ गाैतम र नेपाली भाषा विज्ञ तथा प्रशिक्षक निमेष निखिलले साझा धारणा व्यक्त गर्नु भयाे । अहिले विद्यालय तहमा भाषा सिकाइका सीपहरू सिकाइ पनि उल्टाेबाट हुने गरेकाे तथ्य फेला पारेकाे जिकिर गर्दै यसकाे सुधारमा ध्यानदिन जरूरी भएकाे बताउनु भयाे ।
शिक्षण सिकाइ प्रभावकारी हुन बालबालिकाकाे चाहना, भावना अनुरूप हुनुपर्ने नेल्टा मकवानपुरका उपाध्यक्ष उत्तम अर्यालले बिचार राख्नु भयाे । बालबालिकाकाे भाषा सुधारका सुधारका लागि विशेष गरी विद्यालय तहकाे ईसीडी कक्षाबाटै सुधार गर्नुपर्ने जरूरी भएकाे महसुस गर्दै कार्यक्रम आयाेजना गरेकाे मकवानपुर जिल्ला समन्वय समितिका नि. जिल्ला समन्वय समिति अधिकृत सुनिता कुमारी गजुरेलले जानकारी दिनु भयाे ।
मकवानपुर जिल्ला समन्वय समिति प्रमुख घलानकाे प्रमुख आतिथ्यतामा समन्वय समितिकाे सभा हलमा आज भएकाे उक्त कार्यक्रममा मकवानपुरका दश स्थानीय तहका शिक्षा प्रमुख र प्रत्येक स्थानीय तहबाट ३/३ जना ईसीडी शिक्षकहरू लगायत विभिन्न सराेकारवाला संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।

May be an image of 9 people, people sitting and people standing