file photo

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धा गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा मनहरी ४ वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारी रहेकी छन् । सोमबार बिहान घर नजिकै बसिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते अधिकारीलाई उपचारको लागि हेटौंडा स्थित चुरेहिल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।