मकवानपुर– हेटौंडा–९ स्थित निर्माणाधिन “दिव्य बाल उद्यान” मकवानपुरको नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास भईरहेको छ । पर्या पर्यटनको क्षेत्रमा टेवा पुग्ने गरेर वेतखोल्सी सामुदायिक वनमा बाल उद्यान निर्माण भईरहेको हो ।

छोटो समयमा बाल उद्यानमा विभिन्न संरचना निर्माणको कार्य द्रुत गतीमा अगाडी बढेको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताउनुभयो । बालउद्यानमा जननेता मदन भण्डारी र जिबराज अश्रृतको अर्ध कदको शालिक, वाटर फाउण्डेसन, पिक्नीक स्टल, आरामगर्ने स्थानलगायतका संरचना निर्माण भइसकेको उहाँले जानकारी दिनुभयो । बाल उद्यानमा ध्यान केन्द्र, विभिन्न वनस्पतीजन्य बोट विरुवा रोप्नेलगायतका काम गरिने र पर्या पर्यटन क्षेत्रमा टेवा पु–याउने लक्ष्य लिईएको उहाँले बताउनुभयो । निर्माणधिन मदन–आश्रृतको अर्धकदको शालिककाे आगामी असाढ १४ गते अनावरण गरिने समेत उहाँले बताउनुभयो । उक्त बाल उद्यानको निर्माण सङ्गै मकवानपुरमा आन्तरिक तथा बाह्य पर्यटकका लागि अर्को गन्तब्य थपिने उहाँले बताउनुभयो । आज बाल उद्यानको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन समेत गर्नुभएको छ । (फोटोफिचर)