मकवानपुर – बागमती प्रदेश सभाबाट ५ वटा अध्यादेश स्वीकृत भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सभाको सोमबारको बैठकमा पेश गर्नु भएको अध्यादेश सर्वसम्मतले स्वीकृत भएको हो ।
मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सभा बैठकमा ५ वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । मुख्यमन्त्री जमकट्टेलले सभामा प्रदेश निजामति सेवा गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहको सेवा गठन तथा संचालन सम्बन्धमा बनेको अध्यादेश २०७९, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालन सम्बन्धी अध्यादेश २०७९ पेश गर्नु भएको थियो । अध्यादेशका बिरुद्धमा प्रदेश सभामा कुनै पनि निवेदन नपरेकोले सभामुख भुवन कुमार पाठकले अध्यादेश सर्वसम्मतले स्वीकृत भएको घोषणा गर्नुभएको हो ।