file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनु भएकाे छ । प्रतिनिधि सभा सदस्यमा झापा-५ बाट विजयी भएपछि गौरीगञ्जमा आज शुक्रवार आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयाे ।
उहाँले देशको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको जिकिर पनि गर्नुभयाे । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उनको भनाइ थियो । अध्यक्ष ओलीले चुनावको निष्पक्षतामा प्रश्न गर्नुहुँदै प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाए पनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गर्नुभयाे । झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिकाको वडा नम्बर ५ को वसन्त चोकदेखि सुरु भएको विजयी र्‍यालीमा सहभागी हुँदै उहाँ सीमावर्ती गौरीगञ्जसम्म पुग्नु भएकाे हाे ।