मकवानपुर– मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र १ अन्तरगत प्रदेश सभा २ मा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका उम्मेदवार एकालाल श्रेष्ठले सत्ता गठबन्धनका उम्मेवार नेपाली काँग्रेसका नेता आनन्दाराम पराजुलीलाई पराजित गरेका हुन्छर ।
नेकपा एमाले मकावानपुरका अध्यक्ष समेत रहनु भएका श्रेष्ठ १४ हजार २२५ मत सहित विजयी हुनु भएको छ । उहाँले गठबन्धनका उम्मेवार नेपाली काँग्रेसका नेता पराजुलीलाई ८६९ मतान्तरले पराजित गर्नु भएको हो । पराजुलीले जम्मा १३ हजार ३५६ मत प्राप्त गर्नुभयो । यस क्षत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका गुञ्जन न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गर्नुभयो । कुल ४३ हजार ३५६ मत खसेको मकवानपुर १ को २ मा १ हजार ५०६ मत बदर भएको थियो । यस क्षेत्रबाट २०७४ को निर्वाचनमा बागमती प्रदेश सरकारका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जीत हासिल गर्नु भएकाे थियाे ।











