मकवानपुर – मकवानपुर क्षेत्र नम्बर–२ को प्रदेशसभा (ख) बाट सत्ता गठवन्धनका उम्मेद्वार इन्द्रबहादुर बानियाँ विजयी हुनु भएको छ । नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै सत्ता गठवन्धनका तर्फबाट नेपाली कांग्रेसका बानियाँ बिजयी हुनु भएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहनु भएका बानियाँ १८ हजार ७१६ मत प्राप्त गर्दै बिजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्दी एमाले मकवानपुरका उपाध्यक्ष थापाले १६ हजार ९३४ मत प्राप्त गर्नुभयो । बानियाँले थापालाई १ हजार ७८२ मतअन्तरले पराजित गर्नुभएको हो । सो क्षेत्रमा कूल ४० हजार ५९९ मत खसेकोमा १ हजार ४४९ मत बदर थियो । बानियाँ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।