मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले खानेपानी, सरसफाई तथा स्वच्छताका विषयमा सबै गम्भीर बन्नु पर्ने बताउनुभएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको सोमबार बसेको बैठकमा उहाँले खानेपानी, सरसफाई तथा स्वच्छता मानव जिवनको लागि महत्वपुर्ण भएकाले यसमा सबै गम्भीर बन्नुपर्ने बताउनुभयो ।

प्रमुख खुलालले बिशेष गरि स्थानीय तहमा यस विषयमा व्यापक छलफल हुनु पर्ने बताउनुभयो । स्थानीय तहले योजना बनाउँदा खानेपानी सरसफाई तथा स्वच्छतालाई महत्वपूर्ण स्थान दिनुपर्ने उहाँको भनाई थियो । उहाँले अन्तराष्ट्रिय स्तरमा प्रतिबद्धता जनाए अनुरुप तीनै तहाका सरकारले धेरै कामहरु अगाडि बढाएको भएपनि ती पर्याप्त नरहेको र अझै धेरै काम गर्न बाँकी रहेको हुँदा सबै सरोकारवाला लाग्न जरुरी हरेको बताउनुभयो । तर, खानेपानी, सरसफाइ र स्वच्छता सुविधाको पहुँच समुदायसम्म पु¥याउन स्थानीय तहको महत्वपूर्ण भुमिका हुने उहाँको भनाई थियो । साथै उहाँले खानेपानी सरसफाई तथा स्वच्छताका विषयमा स्थानीय तहमा थुप्रै काम भए पिन व्यवस्थीत अभिलेख भने नरहेको बताउनुभयो ।
कार्यक्रममा कार्यक्रममा राडो नेपालका अध्यक्ष डा. कृष्ण धितालले जिल्लामा खानेपानी सरसफाई तथा स्वच्छताकाे अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे । उहाँले मकवानपुर जिल्ला खुला दिसामुक्त घोषणा भएसँगै सरसफाइ सम्बन्धी सबै तहका संस्थागत संरचनाहरु निश्क्रिय भएको साथै वास सेक्टरको राष्ट्रिय स्तरमै पनि पुनरावलोकन हुन नसकेको बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले आवधिक लक्ष्य निर्धारण गरेपनि लक्ष्य प्राप्तिका लागि कुनै रणनीति एवं कार्यनीति निर्धारण नभएको, स्थानीय तहका सरकारहरुले त्यस विषयमा ध्यान दिन नसकेको समेत बताउनुभयो । कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीलगायत मकवानपुरका विभिन्न स्थानीय तहका प्रमुख÷उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतलगायत सरोकारवालाको सहभागिता थियो ।