पछिल्लो ३ घण्टामा तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी, चितवन र आसपासका धेरै ठाउँमा ठूलो पानी परेको छ । ती क्षेत्रमा ठूलो वर्षा मापन भएको र साना खोला तथा नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै कपिलवस्तुको बाणगङ्गा र आसपासको क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । बाणगङ्गालगायत आसपासका क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ ।
भदौ १५ बिहान ४ बजे
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 30, 2022
पछिल्लो ३ घण्टामा तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी (ब.सु.पू, ब.सु.प.), चितवन र आसपास धेरै स्थानमा मध्यम देखि भारी बर्षा मापन भएको, उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुनको साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ, सतर्क रहौ pic.twitter.com/CfysRnoJtZ











