हेटौंडा । स्थानीय निर्वाचन मतगणना अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म हेटौंडा-१४ को ४ सय मतगणना गर्दा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार दिपक खड्काले अग्रता कायम राखेका छन् । ४ सय मतगणना गर्दा खड्काले २४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा माओवादीका ज्ञानेन्द्र मुक्तानले १३१ मत प्राप्त गरेका छन् । खड्का र मुक्तान मतान्तर ११४ रहेको छ । यसैगरि,राप्रपाबाट हेटौंडा १४ का उम्मेद्वार जानुका दुवाडीको ६ मत रहेको छ ।











