मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । जारी मतगणना अन्तरगत वडा १८ को मतगणना १०४ मगणना सम्पन्न भएको छ ।
प्रारम्भीक मतपरिणाम अनुसार हेटौंडा–१८ को १०४ मतगणना मध्ये मेयरमा नेकपा एमालेका उम्मेदवार अनन्त प्रसाद पौडेलले अग्रता लिनुभएको छ । पौडेलले ४४ मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामाले ३१ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपकबहादुर सिंहले १८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपमेयरमा गठबन्धनका उम्मेदवार राजेश बानियाँ अगाडि हुनु हुन्छ । उहाँले ४९ मत प्राप्त गर्दा एमाले उम्मेदवार सुमित्रा काफ्लेले ४६ मत प्राप्त गर्नु भएको छ । भने, राप्रपाकी उम्मेदवार ईन्दिरा डल्लाकोटीले ४ मत प्राप्त गर्नुभएको छ । यस्तै अध्यक्षमा एमालेले १२१, गठबन्धनले १०० मत प्राप्त गर्नु भएकाे छ । हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ ।











