मकवानपुर – नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले अहिलेको ५ दलिय गठबन्धन एउटा मिठाे भ्रम मात्र भएको बताउनुभएको छ । सोमबार नेकपा एमाले हेटौंडा–१० नम्बर वडाद्धारा आयोजित बृहत संस्कृतिक तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता खुलालले अहिलेको गठबन्धन जनतामा भ्रम छर्न र राज्यको दोहन गर्न तल्लीन रहेको बताउनुभयो । गठबन्धनले देखेकाे र छरेकाे मिठाे भ्रमलाइ जनताले चुनावबाट ठेगान लगाउने उहाँकाे भनाइ थियाे ।

No description available.

गठबन्धनसंग कुनै योजना र भिजन नरहेको भन्दै उहाँले जनताको एजेण्डा बोक्ने, देशको एजेण्डा बोक्ने, राष्ट्रको एजेण्डा बोक्ने, स्वाधिनताको एजेण्डा बोक्ने, सुशासन र विकासको एजेण्डा बोक्ने पार्टी एमाले मात्र भएको बताउनुभयो । उहाँले लामो समय देखि रोकिएको विकाको लहर एमाले सरकार आएपछि सुरु भएको भन्दै विकस र समृद्धिका लागि पुन एमाले नै आउनु पर्ने बताउनुभयो ।

No description available.

नेकपा एमाले हेटौंडा–१० नम्बर वडा कमिटीका अध्यक्ष राजकुमार बिकको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य इन्द्र नेपालले अधुरा कामलाई पुरा गर्न पुन नेकपा एमालेलाई जिताउनुपर्ने बताउनुभयो । कार्यक्रममा अघिल्लो निर्वाचनबाट निर्वाचित वडा सदस्य धर्म बस्नेतले १० नम्बर वडामा जनतालाई हरेक सुविधा प्रदान गर्न सफल भएको भन्दै पुन एमालेले मात्र त्यसलाई निरन्तरता दिनसक्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सदस्य सानु लामा, किताबसिंह लामालगायत वक्ताहरुले देश बिकास गर्ने पार्टी एमाले मात्रै भएको हुँदा एमालेले जित्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा आसन्न निर्वाचनमा १० नम्बर वडाका अध्यक्ष फुर्वा दोर्जे लामालगायत सदस्यहरु साधना श्रेष्ठ, इश्वर प्रसाद मैनाली, गोमा सुनार र बिमल लामाले जनताका हरेक समस्या समाधान गर्न सधैं प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।