हेटौंडा । मकवानपुरको हेटौंडा-३ को बसामाडीको बसाहामहादेव टोल विकास संस्थाको पुर्नगठनमा भएको निर्वाचनमा नेकपा एमालेको उम्मेद्वार विजयी भएका छन् । १ सय ८ घरधुरी संख्या सदस्य रहेकोे टोल विकासको आज भएको निर्वाचनमा ५ दलीय (नेपाली कांग्रेस–नेकपा माओवादी–एकीकृत समाजवादी) गठबन्धनको उम्मेद्वार लक्ष्मण बर्तौलालाई पराजित गर्दै एमालेको उम्मेद्वार कल्पना तामाङ विजयी भएकी हुन् । अध्यक्ष पदको लागि मात्र भएको निर्वाचनमा तामाङले ५८ मत पाउँदा बर्तौैलाले ४६ मत प्राप्त गरे । एमालेको तर्फबाट उम्मेद्वार बनेकी तामाङ १२ मत अन्तरले विजयी भएकी हुन् । निर्वाचनमा ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । संस्थामा अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको थियो ।











