मकवानपुर – नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन आजबाट सुरु हुँदै छ । कांग्रेसको १४ औं जिल्ला अधिवेशन अन्तर्गत सभापति सहित जिल्ला कार्य समितिको लागि आज मनोनयन दर्ता हुने भएको हो ।
जिल्ला अधिवेशनमा मतदान भोली १६ गते सोमबार बिहानबाट हुने कांग्रेस मकवानपुरले जनाएको छ । काग्रेश मकवानपुरको सभापति पदका लागि तीन जना उमेदवारी दिने भएका छन् । संस्थापन पक्षबाट दुईजना उमेदवार हुने देखिएको छ । संस्थापन पक्षबाट आनन्दराम पराजुली र बुद्ध लामाले सभापतिमा उमेदवारी दिने घोषणा गर्नु भएको छ । भने, कोइराला पक्षबाट भने जयराम लामिछानेले उमेदवारी दिने घोषणा गर्नु भएको छ ।
नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिबेशन अन्तर्गत आज विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, बेलुका ६ः३० बजे अन्तिम नामावली प्रकाशन र फागुन १६ गते विहान ८ बजे मतदान हुने जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जानकारी दिनुभयो । निर्वाचन प्रकृया हेटौंडा–१ चौकीटोलामा हुने जनाइएको छ ।