हेटाैंडा – चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ । वीरगन्जमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै नेपाल आर्मीले उपाधि जितेको हो ।
आर्मीका लागि खेलको ५२ औँ मिनेटमा जर्सी नम्बर ३० की सरस्वती तामाङ्गले गरेको गोल नै निर्णायक बन्न पुग्यो । फाइनल खेलको उत्कृष्ट खेलाडी आर्मीकी सिता माया बल घोषित भएकी थिइन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीकी अन्जना चन्द ठकुरी घोषित भएकी छन् ।