मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समग्र उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । हेटौंडामा सोमबार उद्योग संघ मकवानपुरको २० औँ वार्षिक साधारण सभा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनाबद्ध रुपमा लागेको बताउनुभयो ।

उहाँले उद्योग क्षेत्रको विकासका गर्न उद्योग तथा वाणिज्य मन्त्रालय बनाइएको बनाएर काम सुरु गरिएको बताउनुभयो । उद्योग, वन र पर्यटन तीन वटा कुरालाई जोड्दा सबै क्षेत्रमा काम गर्न असहज भएकाले छुट्टा–छुट्टै मन्त्रालय बनाएर काम सुरु गरिएको उहाँले बताउनुभयो । मन्त्रालय धेरै बनाउँदा खर्च बढेपनि त्यसले नजिता राम्रो ल्याउने र ल्याउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
साधारणसभाको अवसरमा संघले विभिन्न क्षेत्रमा रहेर योगदान पु–याउने तथा संघलाई सहयोग गरेको भन्दै ६ जनालाई सम्मान समेत गरेको छ । संघले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, महिला उद्यमी विद्या गिरी, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेल, संघका सदस्य बजरंग सिंह तमोर र पत्रकार बालकृष्ण अधिकारीलाई सम्मान गरेको हो । संघका अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्षतामा भएको कार्याक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपुुर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य ईन्दबहादुर बानियाँलगायतको आतिथ्यता रहेको थियो ।