काठमाडौँ – सरकारले पुस ४ गते आइतबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुस ४ गते उँधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना प्रकाशित गरेको छ ।












