सांकेतिक तस्विर

मकवानपुर – मकवानपुरमा राप्ती खोलाले बगाएर एक जनालाई बेपत्ता भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे स्थित राप्ती खोला तर्ने क्रममा बगाएर एक जना वेपत्ता भएका हुन् ।
खोलाले बगाएर बेपत्ता हुनेमा राक्सिराङ गाउँपालिका– ३ लावती घर भई हाल मनहरी–८ सिमपानी बस्ने ४० बर्षीय हिरालाल वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । साथीहरुसँग च्याउ टिप्न खोलापारी गएका वाइवालाई आइतबार दिउँसो राप्ती खोलाले बगाएको हो । उनका साथिहरु भने सकशल रहेको र वाइवाको खोजी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।