नेपालमा ब्ल्याक फङ्गस (कालो ढुसी) को संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । कालो ढुसीको सङ्क्रमणबाट कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत बर्दगोरिया गाउँपालिकाका ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
ब्ल्याक फङ्गसको लक्षण देखिएपछि उनको तीन दिन अघिदेखि आइसियुमा राखेर उपचार भइरहेको थियो । प्रयोगशालामा परीक्षण गर्दा ब्ल्याक फङ्गस संक्रमण पुष्टि भएका उनको कोरोना पिसिअआर रिपोर्ट भने नेगेटिभ रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।
रेडियोनेपालबाट











