हेटौंडा – मकवानपुर जिल्लामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन परिक्षणबाट थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५४ जनाको पीसीआर परिक्षणबाट र ४२ जनाको एन्टीजेन परिक्षणबाट रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म मकवानपुरमा ९० हजार ४४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
