मकवानपुर– बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कोरोना संक्रमित मतदाताका लागि छुट्टै मतदान स्थलको व्यवस्था गरिएको छ । भोलि जेष्ठ ६ गते हुने निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तह र कोरोना संक्रमितका लागि छुट्टा छुट्टै तीन वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
उपनिर्वाचनमा कोरोना संक्रमितका लागि अलग्गै निर्वाचन स्थलको व्यवस्था गरिएको निर्वाचन आयोग बागमती प्रदेश कार्यालयले जानकारी दिएको छ । सम्पुर्ण स्वास्थय सुरक्षाका मापदउडहरुको पालना गरेर तीनवटा मतदान केन्द्रबाट मतदानको व्यवस्था गरिउको कार्यालयले जनाएको छ । तीनवटा केन्द्र मध्ये केन्द्र केन्द्र “क” मा कोरोना संक्रमितहरुले मात्र मतदान गर्ने, केन्द्र “ख” मा स्थानीय तहका प्रमुख उपप्रमुखहरुले मतदान गर्ने र केन्द्र “ग” मा प्रदेश सभा सदस्यहरुलाई मतदान गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । निर्वाचनमा १३ जना कोरोना संक्रमित मतदाता रहेको हुँदा उहाँहरुलाई छुट्टै मतदान स्थलको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
भोली हुने निर्वाचनमा वागमती प्रदेश सभामा एक सय १० र एक सय १९ स्थानीय तहका दुई सय ३८ प्रतिनिधि (प्रमुख–उपप्रमुख) मतदाता छन् । मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ । अर्थात् एक सय १० प्रदेश सांसदको ५ हजार दुई सय ८० र दुई सय ३८ स्थायीय प्रतिनिधिको ४ हजार २ सय ८४ गरी प्रदेशमा ९ हजार ५ सय ६४ मतभार छ । कोरोनाका कारण एमालेका एक प्रदेश सांसद पशुपति चौलागाईंको निधनपछि एमालेका ५६ सांसद र स्थानीय तहका एक सय ३३ जना गरी एक सय ८९ मतदाता छन्, जसको कुल मतभार पाँच हजार ८२ हुन्छ ।
त्यस्तै प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी कांग्रेसका ९० जना मतदाता छन्, जसको कुल मतभार २ हजार २ सय ८० हुन्छ । भने माओवादी केन्द्रको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाताको कुल मतभार १ हजार ६ सय ९८ हुन्छ । कांग्रेस र माओवादीको मतभार ३ हजार ९ सय ७८ छ । एमाले र कांग्रेस–माओवादीबीच १ हजार एक सय २ मतभारको फरक छ । भने, भने स्थानीय र प्रदेश सभामा गरी कुल एक सय ३२ मतभार रहेको राप्रपाले समेत एमालेलाई सहयोग गर्ने निर्णय गरेको छ । उपनिर्वाचनमा एमालेका तर्फबाट गृह मन्त्री राम बहादुर थापा, कांग्रेस–माओवादीका तर्फबाट खिमलाल देवकोटा र नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले उमेदवारी दिनुभएको छ ।












