मकवानपुर– मकवानपुरमा शुक्रबार सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका–९ खंरगामा भएको सवारी दुर्घटनामा अन्य दुईजना घाईते भएका छन् ।
हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ४७४० नम्बरको ट्रकको ठक्करबाट ना १ ह ७१८४ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक मनहरी–९ बस्ने अन्दाजी ३० बर्षका कुमार राना मगरको रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै अटोमा सवार सोही ठाउँ बस्ने ५३ बर्षीय अर्जुन कुमार स्याङ्तान र निजको छोरा १० बर्षीय सन्देश स्याङ्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुयभो । घाइतेहरूको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।