पछिल्लाे २४ घण्टामा देशभर अहिलेसम्मकै धेरै पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १२ हजार दुई सय ४७ जनाको पीसीआर परीक्षण भएको छ । याे सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

नेपालमा अहिले ३९ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । कोरोनाको जोखिम बढेकाले पीसीआर परीक्षणकाे दायरा बढाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । गएको २४ घण्टामा नेपालमा थप ६ सय ४१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणकाे कारण एक सय चार जनाको ज्यान गएको छ भने १७ हजार तीन सय ३५ जना उपचारपछि निको भएका छन् ।