मकवानपुर– मकवानपुर– विद्यालयबाट आईसोलेशन र क्वारेन्टाई हटाउने नेपाल सरकारको निर्णय अनुसार बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा सञ्चालित त्यस्ता आइसोलेसन र क्वारेन्टाईनको स्थानन्तरण सुरु गरेको छ । नेपाल सरकारको निर्णय अनुसार सोमबारमात्र बिद्यालयबाट आइसोलेशन र क्वारेन्टाइन हटाउने निर्णय गरेको प्रदेश सरकार निर्णय कार्यान्वयनमा लागेको हो ।
आईसोलशसन हटाउने निर्णय कार्यान्वयन गर्ने क्रममा प्रदेशको राजधानी हेटौंडा–४, कर्रा स्थित श्रमिक माध्यमिक बिद्यालयमा सञ्चालित आइसोलेसनलाई हेटौंडाको केन्द्रिय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) को छात्राबासको भवनमा स्थानान्तरण गरिने भएको छ । आइसोलेसन स्थापना गर्न लागिएको गौरीटार रंगशालाको छात्राबास भवनको मुख्यमन्त्री डोरमणि पौडेल आज स्वयम् पुगेर अवलोकन गर्नुभएको छ । उक्त स्थानको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले यसलाई छिटोभन्दा छिटो स्थानान्तरण गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेशका अन्य जिल्लामा विद्यालयमा रहेका आईसोलेशन र क्वारेन्टाइन पनि हटाएर अन्य स्थानमा स्थानान्तरण गर्ने प्रकृया छिटो सुरु गर्न निर्देशन दिनुभयो । उहाँले प्रदेशमा कोरोना सङ्क्रमण फैलन सक्ने तर्फ सचेत हुन आग्रह गर्दै प्रदेश सरकारले पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यसैगरी सामाजिक विकास मन्त्री युवराज दुलालले छात्राबास सङ्गै बन्दै गरेर अन्तिम चरणमा रहेको कभर्डहलमा समेत संक्रमित राख्न सकिने भन्दै यसलाई आवश्यकता अनुसार निर्माण गरिने बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यसको व्यवस्थापनमा जनशक्ति, आर्थिक लगायतका काममा सहयोग हुने बताउनुभयो । निरीक्षणमा प्रदेशका प्रमुख सचीव डाक्टर मानबहादुर विश्वकर्मा, सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, चिकित्सा महाशाखा प्रमुख डाक्टर पुरुषोत्तम सेढाई, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रवीण श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं लगायत सहभागी हुनुहुन्थ्यो ।
Home प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ बागमती प्रदेशमा विद्यालयबाट आईसोलेशन र क्वारेन्टाइन हटाउन सुरु











