मकवानपुर–थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि  ८० करोड ५६ लाख बराबरकाे अनुमानीत बजेट सार्वजनीक गरेकाे छ । बुधबार नगरपालिकाका मेयर लबशेर बिष्टकाे सभाध्यक्षतामा भएकाे साताैं नगरसभामा उपमेयर खड्ग गाेपालीले मकवानपुरको उतरी थाहा नगरपालिकाको सातौं नगरसभामा उपप्रमुख खडग बहादुर गोपालीले ८० करोड ५६ लाख ३३ हजारको बजेट एवम निति तथा कार्यक्रम सार्बजनीक गर्नुभएकाे हाे ।

बजेटमा संघीय सरकारबाट अनुदान ५३ करोड २१ लाख, प्रदेश सरकारबाट अनुदान ७ करोड ८२ लाख ४३ हजार, आन्तरिक स्रोतबाट ५ करोड १५ लाख ६० हजार, राजश्व बाँडफाँड १४ करोड ३७ लाख २० हजार जम्मा हुने अनुमान गरिएकाे छ । हेर्नुहाेस नीति तथा कार्यक्रमकाे पुर्णपाठ