सांकेतिक तस्विर

मकवानपुर– बागमती प्रदेश प्रहरी कार्यालयले मकवानपुरकाे भिमफेदीबाट घुस रकमसहित एक प्रहरी निरिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरिक्षक राम बालक राय घुस रकमसहित पक्राउ गरेको हो ।
सेवा ग्राहीसंग घुस रकम लिदैँ गरेको अवस्थामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट गएको प्रहरी टोलिले रायलाई पक्राउ गरेको हो । भिमफेदी–६ मा रहेको सगरमाथा होटलबाट १२ हजार घुस रकम सहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआजी) बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । रायलाई प्रदेश प्रहरी कार्यालयमा नियन्त्रणमा राखेर थप अनुसंधान भईरहेको लामाले बताउनुभयो ।
यसैबिच मकवानपुर प्रहरीले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडललाई सामाजिक संजाल फेसबुकमा गाली गर्ने भूगर्भविद प्रकाश प्रतीक लुईटेललाई नियन्त्रणमा लिएको छ । लुइटेलले फेुसबुक मार्फत मुख्यमन्त्री डोरमणी पौडललाई भ्रामक शब्द प्रयोग गरेर गालि बेइज्जत गरेको आधारमा नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिशिल सिंह राठौडले जानकारी दिनुभयो । उनलाई सार्वजनिक हित नैतिकताको विरुद्धको कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । लुइटेल निजगढ–काठमाडौँ द्रुतमार्ग आयोजनामा कार्यरत भूगर्भविद हुन् ।