मकवानपुर– कुवेतबाट नेपाल फर्किएका मकवानपुरका थप ५ जना महिलाहरु हेटौंडा आईपुगेका छन् । कुवेतबाट फर्किएका उनिहरु हिजो बेलुकी करीब १० बजे हेटौंडा आईपुगेका हुन् ।
उनिहरुलाई हिजो बेलुकी नेपाली सेना मार्फत हेटौंडा आएर होल्डिङ स्टेसनमा राखिएको छ । होल्डिङ स्टेसनका फोकल पर्सन आशाकाजी श्रेष्ठका अनुसार हिजो बेलुकी हेटौंडा उपमहानगरपालिकाका दुईजना र महनरी गाउँपालिकाका दुईजना गरि ४ जना आईपुगेका हुन् । जिल्ला समन्वय समिति मकवानपुरले संचालन गरेको होल्डिङ स्टेसनमा राखिएको र आज बिहान सम्बनधीत स्थानीय तहलाई जिम्मा लगाइने उहाँले बताउनुभयो । यसअघि पनि कुवेतबाट फर्किएका मकवानपुरका ४ जनालाई होल्डिङ स्टेसनमा एकरात होल्ड गराएर सम्बन्धीत स्थानीय तहमा पठाईएको थियो ।











