हेटौंडा– मकवानपुर बेरोजगार युवा संगठनद्धारा प्रदान गरिएको तीन महिने वेसिक कम्प्युटर तालिम सम्पन्न भएको छ । ९ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा गत माघ महिनाबाट प्रदान गरिएको तालिमको सोमबार समापन गरिएको हो ।
संगठनका अध्यक्ष सुरेश मिजारको अध्यक्षतामा भएको समापन कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रशिक्षर्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि भण्डारीले सिकेको सिपलाई उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले अहिले कम्प्युटर शिक्षा महत्वपुर्ण भएकाले आगामी दिनमा एडभान्स कक्षा समेत संचालन गरिने बताउनुभयो । वडामा युवा लक्षित शिपमुलक अन्य कार्यक्रमहरु समेत संचालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मघ ५ गतेबाट संचालन भएको तालिम बैषखमा समापन गर्नुपर्ने भएता पनि कोरोना भाईरसका कारण जारी लकडाउनका कारण समापनमा केहि ढिला भएको हो । वडा भित्रका २३ जना युवाहरुलाई वेसिक कम्प्युटर तालिम प्रदान गरिएको संगठनका अध्यक्ष सुरेश मिजारले जानकारी दिनुभयो । उहाँले आर्को वर्ष एडभान्स कक्षा संचालन गर्ने योजना रहेको समेत जानकारी दिनुभयो । समापन कार्यक्रममा वडा सदस्यहरु सुकराम केसी, लक्ष्मी नेपाली, टोल विकास संस्था वडा समन्वय समितिका संयोजक यदुवंश खतिवडा, संस्थाका सल्लाहाकार नरेन्द्र भण्डारी, सुनिल लोप्चनलगायतको उपस्थिती थियो ।











