आज थप ३ सय ८० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जोगश्वर गौतमलले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ३ सय ५२ जना पुरुष र २८ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता गौतमका अनुसार आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापा र पाँचथरका १–१ जना, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा सुनसरी र सिराहका २–२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका ३८ र महोत्तरीका १७ जना, नारायणी अस्पताल विरगञ्जमा पर्साका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोरखाका १०, नवलपरासी पूर्वका २, बागलुङका १ तनहुँका २ कास्कीका ३ र स्याङजाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सेती अस्पतालमा गरिएको परीक्षणमा अछामका १, बैतडीका २१, डोटीका २०, कञ्चनपुरका ११ र कैलालीका २३ जना, भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा बर्दियाका ९ र बाँकेका १ जना, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ३ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ र रुपन्देहीका १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ५ र सुर्खेतका ४ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका २१ र रामेछापका १ जना, राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यानका १ र दाङका ५६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अर्घाखाँचीका ६, महोत्तरीका ७२, रौतहटका १४, सर्लाहीका १६, रुपन्देहीका ३ र काठमाडौ, मोरङ तथा रोल्पाका १–१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जनाकारी दिनुभयो ।
नेपालमा हाल सम्म ७३ जिल्लाका ६ हजार ९२ जना पुरुष र ४ सय ९९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी आज थप १ सय १७ जना कोरोना मुक्त भई डिस्चार्ज भएसंगै हाल सम्म कोरोना मुक्त भई घर फर्किनेको कूल संख्या १ हजार १ सय ५८ पुगेको छ ।
विभिन्न स्थानमा रहेका आईसोलेसन सेन्टरहरुबाट आज १ सय ९ जना पुरुष र ८ जना महिला संक्रमण मुक्त भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
आज विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना, आईसोलेसन सेन्टर सन्तालिया बाँकेबाट १० जना, आईसोलेसन सेन्टर सहपूर्वा बाँकेबाट ७ जना, सुशीलकोईराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट ५ जना, नारायणी अस्पताल विरगञ्जबाट ३ जना, भीम अस्पताल भैरहवाबाट २६ जना, कोभिड क्लिनिक अस्पताल दैलेखबाट २५ जना, आईसोलेसन सेन्टर इन्टिग्रेटेड विल्डिङ मान्मा कालिकोटबाट २४ जना दुल्लु अस्पताल दैलेखबाट ७ जना, तारकाङ आईसोलेसन सेन्टर दैलेखबाट १ जना र सुर्खेत प्रादेशिक अस्पतालबाट २ जना संक्रमण मुक्त भई घर फर्किएको प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरी हाल सम्म जम्मा १ लाख ४३ हजार ७ सय ३८ जनाको पिसीआर तथा २ लाख २३ हजार ५ सय १९जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पिसीआर तथा ४ हजार १ सय ८३ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ५ हजार ५ सय ३१ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।