फाइल फाेटाे

हेटाैंडा– भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । प्रस्तावमाथि मतदान प्रक्रिया पनि सुरु भएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा दफावार छलफल सकिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन् । उक्त विधेयकमाथिको दफावार छलफल सकिएको छ । छलफलका क्रममा सबै राजनीतिक दलले समर्थन जनाएका छन् । उक्त विधेयकमाथि मतविभाजनको प्रक्रिया अगाडि बढेको छ । लिखित रूपमा मतविभाजन भएपछि सभामुखले उक्त मतविभाजनको परिणाम सुनाउनेछन् ।