मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुस्लिम समुदायको महान पर्व ईदुल–फित्र (ईद) को उपलक्षमा धार्मिक सद्भावलाई मजबुत बनाउन मद्दत गरोस भन्ने कामना गर्नुभएको छ । ईदुल फित्रका अवसरमा आज एक सुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले नेपालको सर्वधर्म समभाव तथा धार्मिक सद्भावलाई विगत जस्तै मजबुत बनाउन मद्दत गरोस भन्ने कामना गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले मुस्लिम समुदायको महान चाड एवं सद्भाव र भाइचाराको महान पर्व ईदुल–फित्र (ईद) को उपलक्षमा प्रदेशमा रहनुभएका तथा देश विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदाय एवम् स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपाली मुस्लिम समुदायले राष्ट्र र राष्ट्रियताका लागि गरेको योगदानको उच्च कदर सहित प्रशंसा समेत गर्नुभएको छ । “नेपाल एकीकरण पूर्वदेखि नै नेपालका विभिन्न जाती समुदयाहरुसंग घुलमिलहुँदै र अनेकतामा एकता थप्दै आएको नेपाली मुस्लिम समुदायले राष्ट्र र राष्ट्रियताका लागि गरेको योगदानको उच्च कदर सहित प्रशंसा गर्दछु ।” मुख्यमन्त्री पौडेलद्धारा जारी सन्देशमा उल्लेख छ ।