थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या ४४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बि.पी.कोइराला स्वाथ्य बिज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, बिराटनगरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि हुनेहरुमा झापा, कचनकवल गाउँपालिका –३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८ , ३०, ३२, ३७, ४६ बर्षीय पुरुषहरु, धनकुटा निवासी ३४ बर्षीय पुरुष्म, सुनसरी, धरान उप–महानगरपलिका निवासी ५१ बर्षीय महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य कर्मीको सम्पर्कमा रहको बताइएको छ ।