बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं जिल्लाका प्रदेश सभा सदस्यहरुसंग प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटका वारेमा छलफल गर्नुभएकाे छ । जिल्ला समन्वय समिति काठमाडौंको सभा हलमा दुई चरणमा भएको छलफलमा प्रदेश सरकारको आगामी बजेटमा प्राथमिकतामा राख्नु पर्ने क्षेत्र र नीति तथा कार्यक्रममा समावेस गर्नुपर्ने  विषयका वारेमा छलफल गर्नुभएकाे हाे ।

छलफलमा मुख्यमन्त्रि पौडेलले नीति कार्यक्रम,बजेटका सिदान्त र बजेटका वारेमा जानकारी गराउदै प्रदेश सभा क्षेत्रमा भएका विकास निर्माण र अन्य योजनाहरुका वारेमा समेत छलफल गर्नुभएकाे थियाे । छलफलमा प्रदेश सभा सदस्यहरुले आर्थिक वर्ष २०७७/७८ बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन । छलफलमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल, मुख्य सचेतक केशव पाण्डे, काठमाडौं जिल्लाका प्रदेस सभा सदस्यहरु, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर रानवैद्यलगायतकाे सहभागिता रहेको थियो । छलफल ११  देखि १  बजे सम्म पहिलो चरण र १ देखि ४ बजे सम्म दोश्रो चरणमा भएको थियो ।