मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गर्न सिफारीस गरिएको छ । सोमबार मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षमा बसेको मन्त्रीपरिषदको बैठकले छैठौं (बजेट) अधिवेश जेठ १२ गते दिउँसो २ बजेका लागि आव्हान गर्न प्रदेश प्रमुखकोमा सिफारीस गर्ने निर्णय गरेको हो ।
संविधानको धारा १८३ को उपधारा १ मा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था रिएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेटको तयारी समेत थालिसकेको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब ५० अर्बको बजेट ल्याउने तयारी गरेको छ । असार १ गतेभित्र बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले त्यसअघि नीति कार्यक्रम पेश गर्ने र बजेट पेश गर्ने तयारी थालेको हो । कोरोनाको त्रासका कारण प्रदेश सभामा भौतिक दुरि कायम गरेर बैठक बस्ने तयारी गरिएको छ ।
आजकै बैठकले पोस्ट बहादुर बोगटी भिमफेदी कुलेखानी सुरुङ्ग मार्गलाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकता परीयोजनाको रुपमा समाबेश गरि संघीय सरकारको सहलगानीमा निर्माण गर्नको लागि नेपाल सरकारलाई प्रस्ताव गर्ने निर्णय समेत गरेको छ ।