नेपालमा आज थप तीन जनामा काेराेना पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदे १ का दुई जिल्लाका गरी थप तीनजनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको हाे ।
संक्रमितमध्ये दुईजना मोरङ विराटनगरका र एकजना धनकुटाका हरेकाे मन्त्रालयले जनाएकाे छ । मोरङ र धनकुटामा पहिलो पटक संक्रमित देखिएका हुन् । विपी काेइराला स्वास्थ्य विज्ञान प्रयाेगशालामा गरिएकाे परीक्षणमा विराटनगरका ३६ वर्षिय पुरूष र २९ वर्षिया महिला तथा धनकुटाकी ३४ वर्षीया महिलामा संक्रमण रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनिहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे तथा स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिनुभयाे । याे सँगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ । नेपालमा संक्रमण पुष्टि भएकामध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।