नेपालमा शुक्रबार थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहान ९ जनामा कोरोना भाइसको सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुगेको छ । कोरोना सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । अहिलेसम्म सङ्क्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।