मकवानपुर– काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डा. वासु सुवेदीले शिक्षकमा प्रष्ट वक्ता र कुशल वाचनसीप अनिवार्य भएको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रम अन्तरगत आज २९औं सत्रमा प्रशिक्षण दिनुहुँदै उहाँले शिक्षण सीपहरुमध्ये प्रष्ट वक्ता र कुशल वाचनसीप अनिवार्य भएको बताउनुभएको हो ।
प्राध्यापक डा. सुवेदीले शिक्षकलाई जति वक्ता बन्ने अवशर अरुलाई नहुने भन्दै शिक्षकलाई सो सम्बन्धी आधारभुत तालिमको आवश्यक्ता रहेको बताउनुभयो । शिक्षणका सीपहरुमध्ये आज प्रष्ट वक्ता र कुशल वाचनसीपका आधारभूत सीपहरुका बारेमा प्रशिक्षण दिनुभएको थियो । आजको कार्यक्रममा मकवानपुरलगायत देशका विभिन्न जिल्लाहरुबाट शिक्षकहरुको सहभागिता थियो ।
मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत नियमित प्रशिक्षण दिँदै आएको छ । नियमित प्रशिक्षण अन्तरगत भोली ३०औं सत्रमा पनि देशका बिभिन्न जिल्लाका हिक्षकहरुको सहभागिता रहने संगठनका प्रचार विभाग प्रमुख सुनील गौतमले जानकारी दिनुभयो । आजको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको २९ औं सत्र नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।