हेटौंडाः नेपाली सेनाको पुरानो गोरख गणले भीमफेदी गाउँपालिकाको भैसेस्थित त्रिखण्डी मन्दिर परिसरमा बालउद्यान निर्माण गरेको छ । पर्यटकीय गन्तव्यको रुपमा रहेको उक्त क्षेत्रमा सेनाले नागरिक–सैनिक सम्बन्ध सुधार कार्यक्रम अन्तर्गत बालउद्यान निर्माण गरेको हो । निर्माण सम्पन्न भएको बालउद्यान नेपाली सेनाले भीमफेदी गाउ“पालिकालाई हस्तान्तरण गरेको छ ।
सात लाख रुपैयाँको लागत तथा ३ सय भन्दा सैनिकहरुको श्रमदानमा निर्माण भएको बालउद्यानले बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने विश्वास लिएको हस्तान्तरण कार्यक्रममा बोल्दै पुरानो गोरखगणका गणपती अनिलकुमार बुढाथोकीले बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले नेपाली सेनाले देशको स्वाधिनता रक्षाको लागि गौरवपूर्ण काम गर्नुको साथै आम नागरिकको जनजीवनमा प्रतक्ष्य फाइदा हुने कामहरु समेत गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।