सरकारले कोभिद १९ पछिको अर्थतन्त्रको अवस्था नै परिवर्तन हुने अवस्थालाई मध्यनजर गर्दै नीजि क्षेत्रलाई लगानी गर्ने र रोजगारी अभिबृद्धि गर्ने तर्फ प्राथमिकता दिइने नीति लिएको छ । संसदको संयुक्त वैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको प्राथमिकता राख्नुभएको हो ।