हेटौंडा– हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आइतबार (भाेली) बाट खानेपानी महसुल संकलन गर्ने भएको छ । काेराेना भाइरस (काेभिड–१९) काे प्रभावका कारण राेकिएकाे महसुल संकलनकाे कार्य भाेलि बैशाख २८ गते देखि संकलन गर्ने बोर्डले जनाएकाे छ ।
बोर्डका अध्यक्ष प्रताप विष्ठले सामाजिक दुरी कायम गर्दै महसुल संकलनकाे कार्य गर्न लागिएको जानकारी दिनुभयाे । खानेपानीको महशुल संकलन लगायत नियमित कार्यहरु भने अर्को सुचना नभए सम्मको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी स्वास्थ्य सम्बन्धी प्रोटोकोल पालना गर्ने गरी आइतबारबाट बिहान ६ बजे देखि बिहान १० बजे सम्म संचालन हुने बोर्डले जनाएको छ । बोर्डले उपभोक्तहरुलाइ अनलाईन मार्फत समेत खानेपानी महशुल भुक्तानी गर्न आग्रह गर्दे आइरहेका छ ।