हेटौंडा– नेपालमा थप एक जनामा कोराना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार हालसम्म कोभिड–१९ को जम्मा पुष्टी भएको संख्या ४८ पुगेको छ । बिहीबार साँझ ७ः५० बजे थप १ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएकाे छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् । बिहीबारमात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो ।